Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५९१ जनामा कोरोना पुष्टि, ९३७ को डिस्चार्ज, ९ को मृत्यु

थप ५९१ जनामा कोरोना पुष्टि, ९३७ को डिस्चार्ज, ९ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १९:२३:०४ बजे
  • 625
    SHARES
  • थप ५९१ जनामा कोरोना पुष्टि, ९३७ को डिस्चार्ज, ९ को मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयका अनुसार ७ हजार ६५४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २३ जना र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ९९० पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३७ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६ सय ९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ६१ हजार ७ सय ८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology