Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना , अदालत ७२ घण्टाका लागि बन्द

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना , अदालत ७२ घण्टाका लागि बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २३:१९:३२ बजे
  • 1.5K
    SHARES
  • मोरङ जिल्ला अदालतका  न्यायाधीशमा कोरोना  , अदालत ७२  घण्टाका लागि बन्द
    मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    न्यायाधीशमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगतै अदालतको काम कारबाही ७२ घण्टाका लागि बन्द गरिएको  छ । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार जिल्ला अदालतमा आठ जना न्यायाधीश भए पनि ७ जना विराटनगर बाहिर रहेको हुँदा एक जना न्यायाधीशबाट काम हुँदै आएको बताए ।

    न्यायाधीशमा कोरोना भाइरसको शंका लागेपछि आइतबार उनको स्वाब संकलन गरिएको थियो।  सूचना अधिकारी पौडेलका अनुसार संक्रमण पुष्टि भएसँगै न्यायाधीशसँग सम्पर्कमा रहेका ४० जनाको स्वाब परीक्षण गरिने भए पनी सोमबार ७ जनाको मात्रै स्वाब नमुना संकलन गरिएको र बाँकी ३३ जनाको मंगलबार संकलन गरिने बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology