Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुलीमा तीन दिदीबहिनीमाथि सामूहिक बलात्कार

सिन्धुलीमा तीन दिदीबहिनीमाथि सामूहिक बलात्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १०:०७:१८ बजे
  • 1.1K
    SHARES
  • सिन्धुलीमा तीन दिदीबहिनीमाथि सामूहिक बलात्कार

    राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक ब ला त्का र गरेको छ ।

    images

    कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक ब ला त्का र भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक ब ला त्का र गरेको पुष्टि भएको छ,’ उनले भने ।

    बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् । प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो ।

    चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् ।

    त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनालाई पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology