Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंगलवार र बुधवार सार्वजनिक विदा

मंगलवार र बुधवार सार्वजनिक विदा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७८ मंगलवार • १०:२५:५९ बजे
  • 877
    SHARES
  • मंगलवार र बुधवार सार्वजनिक विदा

    पोखरा । सरकारले आज मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    images

     

    मन्त्रिपरिषद् बैठकको निर्णयले मोहम्मद जयन्तीको अवसरमा मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको हो ।

    यस्तै कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ। कोजाग्रत पूर्णिमाको दिन कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    यसै गरी सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए । 

    अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

    त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं बित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक विदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology