Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १०:२९:२० बजे
  • 859
    SHARES
  • हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

    चीनसँ गको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सा तथा ६ नम्बरको लिमीमा एक फिट भन्दा बढी हिउ जमेको बताउनुभयो ।

    बर्षासंगै आएको हिमपात पर्ने क्रम सोमबार बेलुकासम्म जारी रहेकोले जमिनमा हिउ जम्ने क्रम अझै बढ्ने उहाँले बताउनुभयो ।

    हिउ जमेर उक्त क्षेत्रको जमिन सेताम्मे भएको लिमी, हिल्सा र यारी प्रहरी चौकीबाट जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

    जमिनमा हिउ जमेसँगै सो क्षेत्रको तापक्रम माईसन चार डिग्रीमा पुगेकोले जनजीवन निक्कै कष्टकर भएको प्रहरीले जनाएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology