Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी, कञ्चनपुरमा दुई सय घर डुबानमा

महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी, कञ्चनपुरमा दुई सय घर डुबानमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७८ मंगलवार • १०:४८:०७ बजे
  • 1.0K
    SHARES
  • महाकाली नदीमा अहिलेसम्मकै भीषण बाढी, कञ्चनपुरमा दुई सय घर डुबानमा

    धनगढी । महाकाली नदीमा अहिलेसम्मकै भी'षण बा'ढी आउदा तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।

    images

     

    महाकालीसँगै जोगबुढा नदीमा आएको बा'ढीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डु'बानमा परेको हो ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा समेत क्ष'ति पुर्याएको छ ।

    नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जो'खिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको उहाँले बताउनुभयो ।

    आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्ष'ति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।

    मंगलबार बिहान महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक मापन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बस्तीहरु डुबानमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology