Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र

सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • ११:२७:२९ बजे
  • 1.0K
    SHARES
  • सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र

    पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

    images

    निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घन्टादेखि अवरुद्ध छ । स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ ।

    गाईघाट, बैकुण्ठे भिर, हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो । तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घन्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।

    प्रेमको प्रतिक रानीमहल घुम्न दसैँलगत्तै पाल्पासहित छिमेकी जिल्लाहरुः गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ, काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology