Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चौतर्फी विरोध सुरु भयो :भीमबहादुर विश्वकर्मा हत्या प्रकरण

चौतर्फी विरोध सुरु भयो :भीमबहादुर विश्वकर्मा हत्या प्रकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १२:४२:२० बजे
  • 2.4K
    SHARES
  • चौतर्फी विरोध सुरु भयो :भीमबहादुर विश्वकर्मा हत्या प्रकरण

    मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको हत्या गर्नेहरूलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन चौतर्फी आवाज उठ्न थालेको छ ।

    images

     २८ असोज दसैँको महानवमीको दिन मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा इँटा र पाइपले कुटेर उनकाे बीभत्स हत्या गरिएको थियो । 

    पूजा गर्न पाउनुपर्छ भन्दा एउटै धर्म सम्प्रदायका मानिसले जातको आधारमा भीमबहादुरको क्रूर हत्या भएको घटनाले हिन्दू धर्म, कानुनी राज्य, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको दलित अगुवाहरूको धारणा छ।

    उनीहरूले क्रूर, अमानवीय र आपराधिक घटनाबारे चासो दिन सञ्चारमाध्यम, मानवअधिकार आयोग, मानवअधिकारवादीहरू र नागरिक समाजसँग आग्रह गरेका छन् ।

    घटनाको भर्त्सना गर्दै पूर्वमन्त्री तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले  दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

    उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संविधान र कानुनले समान हकअधिकार दिलाइसक्दा पनि धर्मको नाममा ठेकेदारहरूबाट भएको जघन्य अपराधको भण्डाफोर गर्न आग्रह गरेका छन् । 

    अब हिन्दु धर्मलाई दलित समुदायले निरन्तरता दिने कि त्याग्ने भने बहस सामाजिक संजालमा चलेको छ । धेर जसोले अब दलित समुदायले हिन्दु धर्म त्याग्नु पर्छ । हामीलाई सम्मान नगर्ने धर्म मान्न जरुरी छैन भन्दै लेखेका छन ।

    चितवन प्रहरीले हत्यामा संलग्न दिलीप श्रेष्ठ र सीताराम बस्नेतलाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाही सुरु गरेको जनाएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology