कालिकोट र डडेल्धुरामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
लगातार रुपमा आएको पानीले गर्दा पहिरो जाँदा कालिकोट र डडेल्धुरामा एक–एक जनाको मृत्यु भएको हो भने एक–एक जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार, कालिकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।
अधिकारीकी १५ वर्षीया छोरी बुनिसा अधिकारी घाइते भएकी छन् । त्यसैगरी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ ।
घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए ।