Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १५:१७:४७ बजे
  • 565
    SHARES
  • बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे

    बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् ।

    images

    बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए । सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ ।

    पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

    वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ । बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ ।

    सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

  • सम्बन्धित विषय:

  • # ६० व्यक्ति टापुमा फसे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology