Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बझाङ पहिरोः २३ जना बेपत्ता, ७ घर पुरिए, दुई गाउँका स्थानीय विस्थापित

बझाङ पहिरोः २३ जना बेपत्ता, ७ घर पुरिए, दुई गाउँका स्थानीय विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • २०:३१:०३ बजे
  • 1.0K
    SHARES
  • बझाङ पहिरोः २३ जना बेपत्ता, ७ घर पुरिए, दुई गाउँका स्थानीय विस्थापित

    थलारा गाउँपालिका–४ डिख्लामा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

    images

    बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् ।

    बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, एक जना नाम नखुलेका रहेका छन् भने मदन (सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन् ।

    यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर पाँच जना रहेका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् ।

    गाउँ पहिराको जोखिममा रहेपछि १०० भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

    उनले भने, “ बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । केही भागेर बाँचे केही बेपत्ता भए, पानी रोकिएको छैन । घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण त्यहाँ पुग्न सकेका छैनन् ।”

    सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

    उनले भने, “पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकाले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology