Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएपछि उडानहरू रोकिए

बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएपछि उडानहरू रोकिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७८ बुधवार • ०९:४३:२३ बजे
  • 778
    SHARES
  • बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएपछि उडानहरू रोकिए

    विराटनगर । बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएपछि उडानहरू रोकिएका छन्।

    images


    केसलिया खोलाको बाढी पसेर विमानस्थलको अधिकांश भाग जलमग्न छ। रन–वेदेखि कर्मचारी र सुरक्षाकर्मीका क्वार्टरसम्मै पानी पसेको छ। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सवराज खरेलका अनुसार यस पटकको पानीमा लेदो देखिएको छैन। त्यसैले पानी सुकेपछि धूलो हटाउन धेरै मेहनत गर्नु नपर्ने बताएका छन।

    यसअघि २०७४ को बाढी विमानस्थलमा पस्दा लेदोसहितको पानी थियो। जसका कारण लेदो सफा गरेर विमानस्थल खुलाउन ७ दिन काम गर्नुपरेको थियो।

    यस्तो छ आज दिनभरको मौसम विश्लेषण

    देशका विभिन्न भागमा आज पनि बदली भइरहेको छ। काठमाडौंको आकाश धुम्मिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ।

    महाशाखाले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ। हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको महाशाखाले जनायो।

    आज दिउँसो र रातिको मौसम यस्तो रहनेछ दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महशाखाले जनायो। 'प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ।

    प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।' यसैगरी राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनायो।

    'प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।'

  • सम्बन्धित विषय:

  • # विमानस्थल जलमग्न
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology