धनकुटा । धनकुटामा प'हिरो जाँदा छ जनाको मृ'त्यु भएको छ । जिल्लाको चौवीसे गाउँपालिका एक छ नम्बर बुधबारे बडेरे स्थानीय भिमबहादुर श्रेष्ठकाको घरमा पहिरोले पुरिँदा उनीहरुको मृ'त्यु भएको हो ।
मृ'त्यु हुनेमा ६० वर्षीय भीम बहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ, ३९ वर्षीय संञ्जय श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय निक्सन श्रेष्ठ रहेका छन् । पहिरोबाट १२ जनाको उ'द्दार गरीएको छ । त्यस्तै धरान–धनकुटा खण्ड अबरुद्ध भएको छ ।
बाढीले कोसी राजमार्गको सिम्सुवा–मुुलघाट खण्डको घण्टे भन्ने स्थानमा एकसय मिटर भन्दा बढी पक्की सडक बगाएको प्रहरीले जनाएको छ । यस्तै गर्जुवा खोलामा आएको बाढीले सडक भ'त्काएको छ ।
गुढीटार र त्रिशुलेमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर हिँडेका यात्रु घण्टे, सिम्सुवा र भेडेटारमा अलपत्र परेका छन् ।
यस्तो छ आज दिनभरको मौसम विश्लेषण
देशका विभिन्न भागमा आज पनि बदली भइरहेको छ। काठमाडौंको आकाश धुम्मिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ।
महाशाखाले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ। हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको महाशाखाले जनायो।
आज दिउँसो र रातिको मौसम यस्तो रहनेछ दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महशाखाले जनायो। 'प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ।
प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।' यसैगरी राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनायो।
'प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।'