Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्लाको खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ को मृत्यु,दुई बेपत्ता

हुम्लाको खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ को मृत्यु,दुई बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७८ बुधवार • १३:१३:३५ बजे
  • 784
    SHARES
  • हुम्लाको खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ को मृत्यु,दुई बेपत्ता

    सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका- ४ खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति ८ बजेतिरको सो घटनामा दुईजना बेपत्ता भएका छन् ।

    images

     

    धनवीरे शाहीको घरमा पहिरो खस्दा उनीसँगै कलबहादुर शाही, श्रीमती आशा शाही र उनका १४, ५ र ३ वर्षीय छोरा पुरिएका थिए । कलबहादुर शाही श्रीमती आशा र २ छोरासमेत ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    पहिरोमा धनवीरे शाही र १४ वर्षीय छोरा अलेन्द्र शाहीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले बताए ।

    रातिको घटना भएकाले उद्धारमा वाधा भएको र अहिले संयुक्त सुरक्षा टोलीले उद्धार गर्दा ४ जना मृत भेटिएको साथै बेपत्ता बाँकी २ जनाको खोजी भइरहेकी डीएसपी शर्माले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology