Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि भासियो कमला नदीको पुल

फेरि भासियो कमला नदीको पुल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १५:४३:१० बजे
  • 688
    SHARES
  • फेरि भासियो कमला नदीको पुल

    हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।

    images

    बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

    उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’ यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो ।

    त्यतिबेला सिरहाको बसपिट्टातर्फको स्पान भासिएको थियो । हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो ।

    पुल निर्माणको ठेक्का ०६८ मै पप्पु–लुम्बिनी जेभीले करिब २५ करोड रुपैयाँमा लिएको थियो । पछिल्लो समय लुम्बिनी बिल्डर्सले पुलको बाँकी काम सम्पन्‍न गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # कमला नदीको पुल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology