Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन देखिन्छ डरलाग्दा सपनाहरु ?

किन देखिन्छ डरलाग्दा सपनाहरु ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १५:४७:१७ बजे
  • 2.7K
    SHARES
  • किन देखिन्छ डरलाग्दा सपनाहरु ?

    एजेन्सी/ सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । 

    images

    मृत्यु
    सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ ।

    गर्भवती हुनु 
    यदि तपाईंले सपनामा आफू गर्भवती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुनसक्छ ।

    जबरजस्ती कसैसँग सुत्नु


    सपनामा कसैसँग जबरजस्ती सुत्नुको अर्थ जिन्दगी वा सम्बन्धमा कुनै चिज गुमाउँदै छु भन्ने बुझ्नुपर्छ ।

    भीडमा नाङ्गो हुनु


    यदि सपनामा भीडमा नाङ्गो भएको देखियो भने देखावटी प्रवृत्तिलाई त्याग्ने समय आएको भन्ने बुझ्नुपर्छ ।
    परीक्षाको लागि तयारी नहुनु सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ ।

    उचाईबाट लड्न
    सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ । 

    कसैले पिछा गरेको 
    वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने सपनामा उक्त परिस्थितीसँग जुझिरहेको हुनुहुन्छ । कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ । 

  • सम्बन्धित विषय:

  • # डरलाग्दा सपनाहरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology