Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ६६२ संक्रमित, १३ जनाकाे मृत्यु

२४ घन्टामा थपिए ६६२ संक्रमित, १३ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • २०:१७:३४ बजे
  • 826
    SHARES
  • २४ घन्टामा थपिए ६६२ संक्रमित, १३ जनाकाे मृत्यु

    नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ६६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ११ हजार ५७९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ७२२ जना होम आइसोलेसनमा, ८०७ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २७६ जना र भेन्टिलेटरमा १०४ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ७५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ ।

    निको हुने दर ९७.१ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology