Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भालु पहाडमा चट्टान सहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, पोखरा–स्याङ्जा सडक भएर यात्रा नगर्न सुझाव

भालु पहाडमा चट्टान सहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, पोखरा–स्याङ्जा सडक भएर यात्रा नगर्न सुझाव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७८ बिहिवार • ०९:४९:०४ बजे
  • 1.5K
    SHARES
  • भालु पहाडमा चट्टान सहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, पोखरा–स्याङ्जा सडक भएर यात्रा नगर्न सुझाव

    पोखरा । पोखरा–स्याङ्जा सडकखण्ड अन्तर्गत भालु पहाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।

    images

     

    स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताउनुभयो ।

    पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् ।

    चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन केही समय लाग्ने भएकाले तत्काल यो सडक भएर यात्रा नगर्न पनि प्रवक्ता अधिकारीले सुझाव दिनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology