श्रावण २७, २०७७ मंगलवार
•
०९:३९:५९ बजे
डोटीमा घर भत्किँदा एकै परिवारका आमा र छोराछोरी गरी चार जनाको निधन भएको छ ।
डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा स्थानीय लोगे लुहारका की पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए ।
ढुंगाले छाएको जीर्ण घर भएकाले भत्किएको उनले बताए ।घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ । चार जना गम्भीर घाइते छन् ।
जिल्लामा दुई दिनदेखि लगातार पानीसमेत परिरहेको थियो ।