Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा

हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १०:२०:०८ बजे
  • 748
    SHARES
  • हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा

    आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।

    images

    ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए । सर्केगाड–२ रिप गाउँमा एक घर भत्किएको छ । सर्केगाड–४ को साँयामा ११ घरमा क्षति पुगेको छ ।

    अदानचुली गाउँपालिका–१ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

    अदानचुली गाउँपालिका–४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # हुम्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology