Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हिमपातले विदेशी पर्यटकसहित १२ जना तुम्लिङमा रोकिए

हिमपातले विदेशी पर्यटकसहित १२ जना तुम्लिङमा रोकिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १०:२७:२१ बजे
  • 811
    SHARES
  • हिमपातले विदेशी पर्यटकसहित १२ जना तुम्लिङमा रोकिए

    हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।

    images

    लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

    ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रजिअ आचार्यले जानकारी दिए ।

    प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन । उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

    २२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएको टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियो । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेको रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताए ।

    न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटो अवरुद्ध बनेको नाम्खा गाउँपालिका–६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

  • सम्बन्धित विषय:

  • # हिमपात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology