Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ

स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १३:२३:४१ बजे
  • 952
    SHARES
  • स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ

    प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जनालाई प्रकाउ गरेको छ ।

    images

    बुधबार राति प्रहरीले मध्यपुर थिमि नगरपालिका–लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी घर भइ काठमाडौँ कोटेश्वर बस्दै आएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो ।

    लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । वृत्त थिमिबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    मगरलाई आवश्यका कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एकजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology