Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० महिनाको दुधे बालकलाई छोडेर आमा वेपत्ता,कतै भेटे नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिन अनुरोध

१० महिनाको दुधे बालकलाई छोडेर आमा वेपत्ता,कतै भेटे नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिन अनुरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १५:४८:१४ बजे
  • 790
    SHARES
  • १० महिनाको दुधे बालकलाई छोडेर आमा वेपत्ता,कतै भेटे नजिकको प्रहरी कार्यालय सम्पर्क गरिदिन अनुरोध

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाबाट १० महिनाको दुधे बालकलाई छोडेर आमा वेपत्ता भएकी छिन् । रोजी बिक नाम गरेको एक महिला कार्तिक २ गते मंगलबार देखि सम्पर्क बिहिन भएकि हुन्।

    images

    धौलागिरि गाउँपालिका ७ सिवाङ्ग घर भएका २२ बर्षिय बिक दाना डाँडागाउँ स्थित माइती घरमा दशैँको टिका लगाउन परिवार सहित आएकी थिइन् ।

    मंगलबार साँझ ५ बजे तिर बच्चाको प्याम्पस किन्न भनि घरबाट निस्केकी बिक बिहीबारसम्म सम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

    बिक घर नफर्किएपछि बिभिन्न ठाउँमा रहेका सबै आफन्तहरु संग सोधखोज गरिएको तर कतै फेला नपरेको रोजीका श्रीमान पबिन्द्र श्रीपालीले बताए । यसअघि घरमा कुनै कुनै किसिमको विवाद नभएको समेत उनले बताए ।

    गहुँगोरो बर्ण भएको, पहेलो पाइन्ट र कालो टिर्सट लगाएको, रातो पछयौरा ओढेको रोजीलाई कहिकतै भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६१९१८५८३ मा सम्पर्क गरिदिन श्रीपालीले अनुरोध गरेका छन्। बिकले १० महिनाको छोरालाई छोडेर बेपत्ता भएको  आफन्तको भनाइ  छ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology