Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे

म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १६:४०:१७ बजे
  • 1.3K
    SHARES
  • म्याग्दी  प्रवासी नेपाली संघ बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे

    म्याग्देली प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

    images

    समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र ज्ञान रकाल रहनुभएको छ ।

    त्यसैगरी महिला उपाध्यक्षमा ज्ञानु बरुवाल,महासचिवमा रामचन्द्र थापा,सचिवमा अमिर शाही,सहसचिवमा शान्ति पुन,सुदिप शेरपुंजा,कोषाध्यक्षमा बिनु थापा र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ ।

    त्यसैगरी समितिका सदस्यहरुमा पद्यम लाल विक,रामजी भण्डारी,किरण शाही, शोभा शाही, तारा कार्की, नन्दकली पुन र टीका बानियाँ रहनुभएको छ । कार्यक्रम निर्वाचन मण्डलका संयोजक योगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    घिमिरे लामो समयदेखि बेल्जियममा रहदै आउनुभएको छ । मोना बेल्जियमले म्याग्दी जिल्लामा दैवी प्रकोप,परोपकार,भौतिक विकास र मानवीय सेवाको क्षेत्रमा आर्थिक,नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # म्याग्देली प्रवासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology