Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैतडीमा ७ दिनदेखि हराइरहेका व्यक्तिको शव भेटियो

बैतडीमा ७ दिनदेखि हराइरहेका व्यक्तिको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १८:३१:२७ बजे
  • 883
    SHARES
  • बैतडीमा ७ दिनदेखि हराइरहेका व्यक्तिको शव भेटियो

    बैतडीमा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो ।

    images

    घोडधौनीस्थित आफ्ना दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका ४७ वर्षीय बिष्ट ७ दिनदेखि सम्पर्कविहीन भएका थिए ।

    खोजी गर्ने क्रममा आज शव सडेको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकीका इन्चार्ज भुवन चन्दले बताए । मृतक विष्टका दुई श्रीमती र तीनवटा छोरा छन् ।

    घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरी सहायक निरीक्षक चन्दले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology