Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी-पहिरो र डुबानमा परी १ सय ११ को मृत्यु, ४२ घाइते, ३७ बेपत्ता

बाढी-पहिरो र डुबानमा परी १ सय ११ को मृत्यु, ४२ घाइते, ३७ बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • १८:४२:३३ बजे
  • 1.3K
    SHARES
  • बाढी-पहिरो र डुबानमा परी १ सय ११ को मृत्यु, ४२ घाइते, ३७ बेपत्ता

    बेमौसमी बाढी/पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

    images

    नेपाल प्रहरीको बुलेटिन समाचार अनुसार अविरल वर्षाका कारण कात्तिक १ देखि आएको बाढी/पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

    बाढी/पहिरो र डुबानमा परी १ नम्बर प्रदेशमा सबैभन्दा बढी भौतिक क्षति भएको छ । १ नम्बर प्रदेशमा ६५ जनाले ज्यान गुमाएका छन् ।

    यसैगरी बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जनाले ज्यान गुमाएका छन् ।

    घाइतेतर्फ प्रदेश नम्बर १ मा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना रहेका छन् ।

    यसैगरी बेपत्तातर्फ प्रदेश नम्बर १ मा ११ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता रहेका छन् । हाल बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology