Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ड्याममा डुबेको अबस्थामा महिलाको शव फेला

ड्याममा डुबेको अबस्थामा महिलाको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • १८:४६:१४ बजे
  • 1.3K
    SHARES
  • ड्याममा डुबेको अबस्थामा महिलाको शव फेला

    गुल्मीको चन्द्रकोट गाउँपालिकाको विद्युत उत्पादन गर्ने ड्याममा डुबेको अवस्थामा एक महिलाको श-व फेला परेको छ ।

    images

    चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार बस्दै आएकी ६५ वर्षिया रत्नकला आचार्यको श-व सोही पालिका–६, हेरवास्थित लघुवित्तको ड्याममा डुबेको अवस्थामा शव फेला परेको हो ।

    बिहीबार देखि घरबाट हराएकी उनलाई खोजी गर्ने क्रममा उक्त स्थानमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

    उनका अनुसार घरमा श्रीमान श्रीमति बस्ने गर्दथे । उनीहरुको पुर्खेयौली घर बाग्लुङ्ग बरेङ्ग गाउँपालिका–३ मा हो । यो सहित लुम्बिनी प्रदेशमा पछिल्लो ५ दिनमा ५ जनाको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # महिलाको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology