हाल नेपालको मौसममा असर गर्ने उल्लेखनी मौसमी प्रणाली देखिएको छैन । यद्यपि, आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।