Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे पर्वको मुख्य मन्त्री द्दारा शुभकामना

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे पर्वको मुख्य मन्त्री द्दारा शुभकामना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १४:३४:१० बजे
  • 1.8K
    SHARES
  • गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे पर्वको मुख्य मन्त्री द्दारा शुभकामना
     गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताएका छन् ।

    गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सो कुरा उल्लेख गरेका हुन् । नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको उल्लेख गर्दै यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका हुन् ।

    गुरुङ समुदायमा चैत महिनाको अन्तिम मङ्गलबार उधौली र साउन महिनाको अन्तिम मङ्गलबार उभौलीका रूपमा वर्षको दुईपटक विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ । परापूर्वकालमा ग्रामीण भेगमा भूतप्रेत भगाई बैरी शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरु गरिएको धार्मिक मान्यता पाइन्छ । सोही अवसरमा लामो समयदेखि जारी बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्रीले अपिल गरेका छन् ।

    चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाइन्छ । कार्यक्रमको आयोजना तमु धिं नेपालले गर्दै आएको छ । तमु धिंका उपाध्यक्ष हुम बहादुर गुरुङका अनुसार गुरुङ भाषामा ‘ट्हो’ को अर्थ ‘राज्य’ र ‘टेको’ अर्थ ‘धपाउने’ वा राज्यबाट शत्रुलाई लखेट्नु हो । गाउँमा भने भूतप्रेत धपाउने पर्वको रुपमा मनाउने गरिन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology