Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुडिरहेको बसमा अचानक आगलागी,३६ यात्रुहरू सकुशल

गुडिरहेको बसमा अचानक आगलागी,३६ यात्रुहरू सकुशल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • ०९:४६:१८ बजे
  • 700
    SHARES
  • गुडिरहेको बसमा अचानक आगलागी,३६ यात्रुहरू सकुशल

    पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

    images

    गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

    करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ ।

    यात्रुहरू भाग्यले बाँचेकाे र यत्राे आगलागीमा कसैलाइ केही हुन नपाएकाे एक यात्रुले बताए । धादिङ प्रहरीले भने बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ ।

    बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीकाे सहयाेगमा आगो नियन्त्रणमा लिइएकाे थियाे । 

  • सम्बन्धित विषय:

  • # बसमा अचानक आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology