म्याग्दीको बेनी नगरपालिका-५ मा सामूहिक ब'ला'त्कृ'त भएकी महिलाका आफन्तले मुद्दा फिर्ता लिन पीडकपक्षलाई दबाब दिएको गुनासो गरेका छन् ।
पीडकले आर्थिक प्रलोभनमा पारेर जाहेरी फिर्ता गराउन दबाब दिएको पीडितका आफन्तले गुनासो गरेका हुन् । कात्तिक २ गते (मंगलबार) राति भएको घटनाका पीडितले चार दिनपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी जाहेरी दिएकी थिइन्।
सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तीनजनाले डरधम्की देखाएर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा पीडितको स्वास्थ्य परीक्षण गरि अदालतमा मुद्दा दर्ताका साथै घटनास्थलमा पुगेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए ।
‘पीडितको जाहेरी आउने वित्तिकै अनुसन्धान प्रक्रियासँगै अघि बढाएको छौं,' उनले भने, 'संलग्नहरुको खोजीमा प्रहरी परिचालन भएको छ।’ घटनालाई संवेदनशील र गम्भीररुपमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै प्रनाउ राइले अपराधीलाई उम्कन नदिने र पीडितलाई न्याय दिलाएरै छाडिने विश्वास दिलाए।
अनुसन्धान प्रभावित हुने भएकाले सामूहिक ब'ला'त्का'र'मा संलग्नको नाम प्रहरीले सार्वजनिक गरेको छैन्। पीडित र प्रत्यक्षदर्शीको सुरक्षातर्फ पनि प्रहरी सचेत तथा संवेदनशिल रहेको प्रनाउ राइले बताए ।
पीडितलाई दबाब र आर्थिक प्रलोभनमा पारेर कानुनी र अनुसन्धानलाई प्रभावित बनाउन तथा विषयान्तर गराउन खोजिएको भन्दै अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन्।