Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना निको

थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना निको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • १८:५६:४० बजे
  • 796
    SHARES
  • थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना निको

    नेपालमा आइतबार थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ६ हजार ६१ पिसिआर परिक्षणका क्रममा ५ सय २२ जना र १ हजार ५ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ८७७ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८७ हजार ५ सय ७ जना संक्रमित निको भएका छन् ।

    हाल १० हजार २०१ सक्रिय संक्रमित आइशोलेशन र २२० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology