प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका छन ।
जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएका हुन ।
जबराले बोलाएको फुलकोर्टलाई असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित भएर बहिस्कार गर्ने घोषण गरिसकेका छन । मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन गर्न अस्वीकार गरेको आरोप जबरामाथि छ ।
यसअघि आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।
एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले आजको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए । बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको प्रधानन्यायाधीश जबराले बताएपनि सर्वोच्चकै १४ न्यायाधीशहरु उनको विपक्षमा देखिएका छन् ।
यसैबीच न्यायाधीशहरूको बैठक आज बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार नगर्ने जनाएका छन ।