Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण

विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १४:४७:२५ बजे
  • 1.2K
    SHARES
  • विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण
    विराटनगरका ८ सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टी भएको  छ । स्थानीय एक दैनिकमा कार्यरत पाँच पत्रकार र एक कम्प्युटर अपरेटर कोरोना संक्रमित पुष्टी भएको हो ।

    त्यसैगरी राजधानीबाट प्रकाशित हुने एक दैनिकका स्थानीय संवाददाता र अर्को दैनिकको मार्केटिङमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले बताए।

    साउन २३ गते स्बाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका आएको रिपोर्टमा ८ जना संचारकर्मीलाई कोरोना पुष्टी भएको हो ।  साउन २४ र २५ गते स्वाब संकलन गरिएका केही पत्रकारहरुको भने रिपोर्ट आउन बाँकी नै छ।

    लुइटेलले आफ्नै घरमा रहेका स्थानीय सञ्चारकर्मीलाई भन्दा डेरामा बस्नेहरुलाई बढि समस्या परेको बताए।

    त्यहाँका ल्याबको क्षमताभन्दा बढि स्वाब संकलन भएको हुँदा समयमा रिपोर्ट दिन नसकेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology