Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हङकङमा बसेर पत्रकारिता गर्दै आएका राईको दिसा बस्न जाँदा भिरबाट लडेर मृ त्यु

हङकङमा बसेर पत्रकारिता गर्दै आएका राईको दिसा बस्न जाँदा भिरबाट लडेर मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १२:००:२१ बजे
  • 952
    SHARES
  • हङकङमा बसेर पत्रकारिता गर्दै आएका राईको दिसा बस्न जाँदा भिरबाट लडेर मृ त्यु

    हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर मृ त्यु भएको छ ।

    images

    काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर पत्रकार राईको मृ त्यु भएको हो ।

    गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भिरबाट लडेर पत्रकार राईको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

    ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् ।

    उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ । पत्रकार राईको लडेर मृ त्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो ।

    त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो ।

    राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा.वैभव मल्लिकले पुष्टि गरेका छन् । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

    पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ । जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन् ।

  • सम्बन्धित विषय:

  • # भिरबाट लडेर मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology