Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पलसँगको सम्बन्धको विषयमा बोलिन् समीक्षा

पलसँगको सम्बन्धको विषयमा बोलिन् समीक्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १२:०९:४७ बजे
  • 1.2K
    SHARES
  • पलसँगको सम्बन्धको विषयमा बोलिन् समीक्षा

    गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताएकी छन् । केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उनले यो स्पष्टीकरण दिएकी हुन् ।

    images

    पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन् । उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर गरेकी छिन् ।

    ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यू सँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् ।

    यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले अगाडि लेखेकी छन्, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ ।

    यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नुहुन अनुरोध गर्दछु ।’ उनले अगाडि भनेकी छन्,

    ‘समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ ।’ उनले केही सञ्चारमाध्यमले बनाएको समाचारप्रति तीव्र असन्तुष्टि जनाउँदै भनेकी छिन्, ‘मैले यो अपेक्षा गरेको थिइनँ ।’

    पल र समीक्षाको प्रेम सम्बन्धपछि विवाद उत्पन्न भएको भन्दै समाचार बाहिरिएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।

    यस्तो छ समीक्षाको स्पष्टीकरण नमस्कार,

    मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएका छन् ।

    यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ । एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ ।

    म उहाँको सदैव फ्यान पनि हुँ, र हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ ।

    राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिइनँ ।

    म जे छु, जहाँ छु यो सब मेरा भगवानरुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनैपनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु ।

    अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला । सबैलाई धेरै धेरै माया

  • सम्बन्धित विषय:

  • # बोलिन् समीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology