Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १३:४७:४४ बजे
  • 1.8K
    SHARES
  • जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

    नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनपत्रकार संगठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

    images

    आइतबार बेनिमा सम्पन्न भेलाले भेलाले बादल शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष शाही केही समय पहिला सम्म मयूरपाटीमा रहेर काम गरेका थिए ।

    कार्यसमितिको उपाध्यक्षमा मनिसा परीयार, सचिवमा मिलन बोहोरा, सह सचिवमा बिशाल परियार, कोषाध्यक्षमा अनिता र अन्य सदस्यहरुमा दल प्रसाद तिलिजा, सुमन थापा, बिक्रम बिहोरा, मिडियाना बिस्वकर्मा, सपना मगर, र कृष्ण राज पौडेल रहनुभएको छ ।

    त्यस्तै ध्रुवलाल शर्मा समितिको सल्लाहकारमा चयन हुनुभएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं म्याग्दी र बागलुङ जिल्ला इन्चार्ज बिप्लवको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा जनपत्रकार संगठन नेपालको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यद्वय रमाकान्त बास्तोला र केबी गाउँलेको विशेष उपस्तिथि रहेको थियो भने कार्यक्रममा वरिष्ठ लेखक, साहित्यकार, तथा लेखक संघका प्रादेशिक सदस्य धुर्ब्रलाल शर्माको पनि उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # बादल शाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology