Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लाे २४ घन्टाको अवधिमा ७७६ जना कोरोना भाइरस संक्रमित थपिए

पछिल्लाे २४ घन्टाको अवधिमा ७७६ जना कोरोना भाइरस संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १६:४७:१३ बजे
  • 694
    SHARES
  • पछिल्लाे २४ घन्टाको अवधिमा ७७६ जना कोरोना भाइरस संक्रमित थपिए

    नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ८ हजार २८४ आरटी पिसिआर र २ हजार ५८० एन्टिजेन गरी कुल १० हजार ८६४ जनामा परीक्षण गरिएकोमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १० हजार ३६० जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ९ हजार ७१७ जना होम आइसोलेसनमा, ७४३ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २५४ जना र भेन्टिलेटरमा ७४ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology