Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको डेल्टा भरियन्ट प्लस भारतमा भेटियो

कोरोनाको डेल्टा भरियन्ट प्लस भारतमा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १७:४४:०७ बजे
  • 982
    SHARES
  • कोरोनाको डेल्टा भरियन्ट प्लस भारतमा भेटियो

    एजेन्सी । बेलायतमा विनाश मच्चाउने कोरोनाको डेल्टा भरियन्ट प्लस भारतमा भेटिएको छ ।

    images

    बेलायत लगायतका युरोपेली मुलुकहरुमा विनाश मच्चाउने कोरोनाको नयाँ संस्करण डेल्टा प्लस AY.4.2, भारतमा भारतमा पनि भेटिएको हो । जसले विज्ञहरुलाई थप चिन्ता थपेको छ ।

    भारतको कोरोना जीनोमिक निगरानी परियोजना मध्य प्रदेश र महाराष्ट्रमा SARS CoV 2को डेल्टा भेरियन्टको केस पत्ता लागेपछि उच्च सतर्कतामा जनाइएको छ।

    नेशनल सेन्टर अफ डिजिज कन्ट्रोल(NCDC) बाट जारी गरिएको जीनोम सिक्वेन्सिङ रिपोर्टका अनुसार इन्दौरमा यो नयाँ भेरियन्टका सात जनामा भेटिएका हुन्।

    प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकारी डा बीएस सैत्यका अनुसार संक्रमितमध्ये दुई जना महू क्यान्टोनमेन्टमा तैनाथ सेनाका अधिकारी हुन्। नयाँ डेल्टाAY.4 संस्करण महाराष्ट्र मा नमूनाहरु को ज्ञ प्रतिशत मा पत्ता लगाइएको छ।

    डेल्टा प्लसको AY.4.2भेरियन्टले रुस, युके र युरोपलगायत धेरै देशहरूमा विनाश निम्त्याइरहेको छ। नयाँ भेरियन्टले कोविड भ्याक्सिनले सिर्जना गरेको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गरिरहेको छ कि छैन भन्ने बारेमा अहिलेसम्म कुनै प्रमाण छैन ।

    AY.4.2 नामको यो सबै भ्यरियन्ट भन्दा पनि डेल्टा भेरियन्ट भन्दा १०-१५% बढी संक्रामक भएको जनाइएकाे छ । तर, अहिले विज्ञहरुले याे भेरियन्ट ठूलो मात्रामा फैलिने सम्भावना कम रहेको बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology