Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होटल तथा रेस्टुरेन्टमा बसेर खान नदिने व्यवस्थालाई सरकारले फेरि कडाइ ,'टेक अवे' सुविधा मात्रै

होटल तथा रेस्टुरेन्टमा बसेर खान नदिने व्यवस्थालाई सरकारले फेरि कडाइ ,'टेक अवे' सुविधा मात्रै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १८:२७:०० बजे
  • 1.4K
    SHARES
  • होटल तथा रेस्टुरेन्टमा बसेर खान नदिने व्यवस्थालाई सरकारले फेरि कडाइ ,'टेक अवे' सुविधा मात्रै
    होटल तथा रेस्टुरेन्टमा बसेर खान नदिने व्यवस्थालाई सरकारले फेरि कडाइ गरेको छ।

    सरकारले १५ साउनदेखि खुला गरेको होटल रेस्टुरेन्टलाई खुला गर्न दिएको भएपनि कोभिड–१९ को जोखिम बढेकोले अब फेरि होटल, रेष्टुरेन्ट बसेर खान नपाइने र प्याकिङ गरेर लैजान पाइने अर्थात 'टेक अवे' सुविधा मात्रै दिने निर्णय गरेको अर्थ, सूचना प्रविधि तथा सञ्चार मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

    संक्रमण बढ्दै गएकोले जोखिम न्यूनीकरण गर्न र कोभिडको नियन्त्रण गर्ने प्रयास स्वरुप सरकारले होटल रेस्टुरेन्टमा बसेर खान नदिने व्यवस्था गरेको उल्लेख छ ।

    सरकारले ११ चैतदेखि गरेको बन्दाबन्दी ७ साउनदेखि खुला गरेको र १५ साउनदेखि होटल रेस्टुरेन्ट खुला गर्न दिएको थियो। देशव्यापी रुपमा संक्रमण दर बढेसँगै फेरि सरकारले भिडभाड हुने र जोखिम बढी भएको क्षेत्रलाइ कडाइ गर्ने भएको उल्लेख छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology