आज बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रको मौसममा बदली रहेको छ ।
आज दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । आज राति पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै तराईको मौसममा आंशिक बदली रहने छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।