Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १०:००:२३ बजे
  • 754
    SHARES
  • भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

    दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताउनुभयो ।

    images

    “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहनुभएका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भन्नुभयो, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ ।

    यो कुल प्रजननको ४७ प्रतिशत हो ।” नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ । यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् ।

    फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ । “फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तनावयुक्त रस ‘फर्टिटोल’ उत्पादन हुन्छ । यसले प्रजननमा समस्या हुने गरेको हो”, प्राडा देवकोटाले भन्नुभयो, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा हर्मन विकास गराएर फर्टिटोल कमजोर बनाउँदै डिम्बाशय सक्रिय गराई प्रजनन गराइने गरिएको छ ।”

    कृषि तथा वन विश्वविद्यालयले चितवनको रामपुर भैँसी फर्म, पोखराको पशु विकास फर्म, सुनसरीको सररा पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरेको थियो । अहिले यो कार्य किसानका भैँसीमा पनि सुरु भइसकेको बताइन्छ ।

    विश्वविद्यालयका पशु विज्ञानमा विद्यावारिधि र स्नातकोत्तर तहमा अध्यययनरत विद्यार्थीलाई यो अनुसन्धानमा परिचालन गरिएको छ । “हामीले विगत १५ वर्षदेखि भैँसीको बेमौसमी प्रजननबारे अध्ययन सुरु गरेका थियौँ ।

    पछिल्ला पाँच वर्षदेखि विस्तारै यसले उपलब्धि दिन थालेको छ”, देवकोटाले भन्नुभयो । विश्वमा सयभन्दा बढी जातका भैँसी छन् । तीमध्ये नेपालमा पाँच जातका भैँसी पालन गरिएको पाइन्छ ।

    नेपालमा स्थानीय चार ९लिमे, पारकोटे, गड्डी र तराई जात ० र भारतबाट आयात भएको एक ९मुर्रा० गरी पाँच जातका भैँसी पालन गरिएको हो । लिमे, पारकोटे र गड्डी पहाडी क्षेत्रमा पालिने भैँसी हो भने तराई भैँसी र मुर्रा तराईमा पालिएका छन् ।

    मुर्रा भैँसी भारतबाट नेपाल भित्र्याइएका हुन् ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology