Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट मृत्यु

थप तीन जनाको कोरोनाबाट मृत्यु ,मृत्यु हुनेको संख्या ८३ पुग्‍यो

थप तीन जनाको कोरोनाबाट मृत्यु ,मृत्यु हुनेको संख्या ८३ पुग्‍यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १९:०२:११ बजे
  • 1.4K
    SHARES
  • थप तीन जनाको कोरोनाबाट मृत्यु ,मृत्यु हुनेको संख्या ८३ पुग्‍यो
    देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

    नेपालमा मंगलबार थप तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछी सङ्ख्या ८३ पुगेको हो ।धनुषाका २ तथा सिन्धुपाल्चोकका १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

    मन्त्रालयका अनुसार धनुषा विदेह नगरपालिका-८ बस्ने ६० वर्षिय पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। उनी क्षयरोगका विरामी समेत थिए। उनी गत साउन ८ गते निमोनिया भई अस्पतालको आईसियुमा भर्ना भएका थिए।

    यस्तै धनुषाकै मिथिला विहारी नगरपालिका-५का ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएको हो। झाडापखाला लागि अस्पताल आउँदै गर्दा बाटोमा बेहोस भई लडेको र उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो। उनमा मृत्यु पश्चात कोरोना पुष्टि भएको हो।

    यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षिया एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। साउन २१ गते अस्पताल भर्ना भएका उनमा मुटु तथा मिर्गौला सम्बन्धी समस्या थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology