मुगु । घरभित्र राखेको भरुवा ब’न्दुक खेलाउने क्रममा प’ड्किदा एक बालकको ज्या’न गएको छ । बन्दुक प’ड्किदा जिल्लाको खत्याड गाउपालिकाक् १० डुमान गाँउका अमरसिंह रावलका १० वर्षीय छोरा विकास रावलको मृ’त्यु भएको हो ।
रावलको घर भित्र भरेर राखेको भरुवा ब’न्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका छोरा विकास रावलको कार्तिक पाँच गते घटनास्थलमै मृ’त्यु भएको हो ।
घर आगनको बारीमा रोपेको आलु मकै दुम्सिले सखाप बनाउन थालेपछि दुम्सि मा’र्न भरेर तयारीमा राखेको भरुवा ब’न्दुक घरमा कोही नभएका बेला ब’न्दुक धनी परे रावलका ८ वर्षका तिर्थ रावल, सोही वडाका बीरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकायाले खेलाउँदा विकासको ज्या’न गएको वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।
विकासको मृ’त्यु भइसकेपछि दुई बजे पछि सुकाढिक प्रहरी चौकीलाई स्थानीयले खबर गरेपछि सुकाढी प्रहरी चौकी र ईलका प्रहरी चौकी रातापानीबाट प्रहरी मुचुल्का गरी मृ’तक बालकको ७ गते प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पो’ष्टमा’र्टम गर्न पठाएको थियो।
अ’वैध भरुवा ब’न्दुक राखेको आरोपमा प्रहरीले ब’न्दुक धनी परे रावललाई ह’तियार सहित नियन्त्रणमा लिएको छ ।
रावललाई अ’वैध हातह’तियार खरखजना सम्बन्धि मुद्धा दर्ता हुनुका साथै घट्नामा संलग्न अन्य दुईबालकलाई परिवारको रोहबरमा घट्नाका बारे सोधपुछ गर्न उनका अभिभावकसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।