Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने

मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १०, २०७८ बुधवार • ११:१४:४२ बजे
  • 694
    SHARES
  • मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने

    पोखरा । मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

    images

     

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिनुभएको थियाे । मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिने र उक्त महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको उहाँकाे भनाइ थियाे ।

    उहाँले सरकारले साझा यातायातमार्फत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि मन्त्री भुसालकाे भनाइ थियाे । उहाँले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउँदै पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याउनुभयो ।

    विद्युतीय तीन पाङ्ग्रे सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उहाँले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताउनुभएकाे थियाे ।

    भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उहाँको भनाइ थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology