Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा घरको जग सोलिङ गर्ने क्रममा पु'रिएर एक महिलाको मृ'त्यु

पोखरामा घरको जग सोलिङ गर्ने क्रममा पु'रिएर एक महिलाको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १०, २०७८ बुधवार • १२:४१:२८ बजे
  • 1.3K
    SHARES
  • पोखरामा घरको जग सोलिङ गर्ने क्रममा पु'रिएर एक महिलाको मृ'त्यु

    पोखरा । निर्माणधिन घरको जग सोलिङ गर्ने क्रममा पु'रिएर एक महिलाको मृ'त्यु भएको छ।

    images

    पोखरा महानगरपालिका -११ काहुँडाँडा लामिछाने थरस्थित निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भ'त्किएर पु'रिँदा महिलाको मृ'त्यु भएको हो।

    मृ'त्यु हुनेमा सिन्धुली जिल्ला ठूला गाउँ घर भइ हाल पोखरा -११ फुलबारी डेरा गरी बस्दै आएकी ४१ वर्षीया आइती माया ठोकर रहेकी छन्।

    प्रहरीका अनुसार जगको खाल्डोमा सोलिङ गर्ने क्रममा अचानक भित्ता भ'त्किएर पु'रिँदा घाइते भएकी उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृ'त्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

    घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ।

    यसै गरी पोखराको बेगनास बसपार्कस्थित पानीको इनारमा एक युवक मृ'त अवस्थामा फेला परेका छन् । मंगलबार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउराली बस्ने अन्दाजी २२/२३ वर्षीय राजु लामिछाने मृ'त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    लामिछाने पोखरा महानगरपालिका–३१ बेगनास बसपार्कस्थित पानीको इनारमा मृ'त अवस्थामा फेला परेका हुन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology