Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको हेम्जामा स्कुल बसको ढोकाबाट ख'सेर एक विद्यार्थीको मृ'त्यु

पोखराको हेम्जामा स्कुल बसको ढोकाबाट ख'सेर एक विद्यार्थीको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७८ बिहिवार • १२:५४:३८ बजे
  • 1.2K
    SHARES
  • पोखराको हेम्जामा स्कुल बसको ढोकाबाट ख'सेर एक विद्यार्थीको मृ'त्यु

    पोखरा । पोखराको हेम्जामा स्कुल बसको ढोकाबाट ख'सेर एक विद्यार्थीको मृ'त्यु भएको छ । पोखराको हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कुलमा युकेजीमा अध्यनरत ८ वर्षीय रोमन तामाङको सोही स्कुलको ना१क २३७३ नं को बसको ढोकाबाट ख'सेर मृ'त्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

    images

     

    मंगलबार दिउसो ३ : २५ बजे भएको दु'र्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारको लागी पोखराको फिस्टेल हस्पिटल लगिएकोमा चेकजाँचका क्रममा ३ : ५० बजे चिकित्सकले बालकलाई मृ'त घोषणा गरेको डिएसपी हमालले बताउनुभयो ।

    प्रहरीले बसचालक धादिङ गंगाजमुना -६ घर भइ पोखरा -१ सिमपानी बस्दै आएका ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरी सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology