Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको ज्यान गयो, एक जना बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको ज्यान गयो, एक जना बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७८ बिहिवार • १३:१०:२७ बजे
  • 931
    SHARES
  • महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको ज्यान गयो, एक जना बेपत्ता

    महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् ।

    images

     

    बैतडीको शिवनाथ–१ खाँडघाटको नदी किनारमा हिजो बेलुका डुङ्गा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको ज्यान गएको हो । उनका भाइ आठ वर्षका सन्दीप बेपत्ता छन् ।

    गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार मीनाका आमाबुवासहित आठ जना सकुशल छन् । डुङ्गामा चालकसहित १० जना थिए । लामो समयदेखि भारतमा बस्दै आएको मीनाका परिवार दशैँ मनाउन गाउँ आएको थियो ।

    दशैँ मानेर हिजो भारत फर्किने क्रममा डुङ्गा दुर्घटना भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

    बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दा भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्ने गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology