Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने

बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७८ शुक्रवार • १३:५८:२६ बजे
  • 1.1K
    SHARES
  • बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडक खण्ड स्तरोन्नति गर्न आजदेखि दैनिक १० घण्टा बन्द हुने भएकाे छ ।

    images


    नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुँदासम्म गाडी बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिरमा मर्मत र गाडी एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न गाडी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

    उहाँका अनुसार दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म गाडी सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ ।

    यस समयमा ठूला गाडीलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

    काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ ।

    भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।

    झण्डै छ अर्ब रुपैयाँ लागतमा बन्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि निर्माण सुरु गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology