Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मौसम :पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम :पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • ०९:४१:२७ बजे
  • 571
    SHARES
  • मौसम :पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    मुलुकको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली हुनेछ । त्यस्तै पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

    त्यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविदहरुको भनाइ छ ।

    त्यस्नै आइतबार भोलि पनि मुलुकका केही भूभागमा वर्षा हुने मौसमविदहरुको अनुमान रहेको छ । भोलि प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहनेछ। साथै हिमाली क्षेत्रका केही भागमा हिमपात हुनसक्ने बताइएको छ ।

    त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहि हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदहरुको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # हिमपातको सम्भावना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology